पाँचथर । पहिरोमा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण फिदिम ४ जोरसालमा पहिरोले घर पुरिदा आमा–छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिदा २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोरा रोयल मगरको मृत्यु भएको हो ।
त्यसैगरी स्रोतका अनुसा मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।
तस्वीर :फाइलमा आधारित