June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

धरानमा पहिरोले घर पुरिदा एकै घरका दुई बालबालिकाको मृत्यु

3.1K

धरान । अविरल वर्षाका कारण धरान–१३ नागेश्वर मार्गमा पहिरो झर्दा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १३ नागेश्वर मार्गका निशान राईका ४ वर्षीय छोरा निहान राई र ७ वर्षीय छोरी निसु राई रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार करिब अढाई बजे घर माथिबाट झरेको पहिरोले टिनको घर पुरै पुर्दा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

केहि दिनयता निरन्तर परिरहेको वर्षाले देशका विभिन्न ठाउँमा धनजन र बालीनालीको क्षति पु¥याइरहेको छ ।

Advertisement