May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

लामो समय पछि कुवेत पूर्ण रुपमा खुल्दै

1.3K

कुवेत- कोरोनाको कहर पछि कुवेत पुर्ण रुपमा खुल्ने भएको छ। कुवेत सरकार मन्त्रीपरिषदको हिजो सोमबार बसेको बैठकले कुवेतलाई पुर्ण रुपमा खुल्ला गर्ने निर्णय गरेको छ। लामो समयसम्म कोरोना भाइरसको महामारीले सामाजिक दूरी, विवाह, सभा सम्मेलन जस्तो ठूलो जमघट तथा खेलकुदमा प्रतिबन्ध खुलेको थिएन।

खुल्ला ठाउमा मास्क लगाउन नपर्ने, पूर्ण रुपमा एअरपोर्ट खोल्ने, सबै देशको नागरिकहरुको भिसा इस्यु गर्ने भएको छ ।

हिजोको बैठकद्वारा मास्क लगाइ रहन नपर्ने निर्णय गरेको हो। यस अघि सामाजिक स्थलहरु जाँदा, सुपरमार्केट, मल वा साझा बसमा सवार गर्दा अनिवार्य मास्कको प्रयोग नगरे कुवेत सरकारको कानून उल्लंघन गरेको ठहर्दै जरिवाना राखेको थियो।

Advertisement