June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

नुवाकोटमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते

2.4K

नुवाकोट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

सोमबार काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement