June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

जाति विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै क्रिकेटर युवराज सिंह पक्राउ

2.4K

अनुसूचित जाति विरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै क्रिकेटर युवराज सिंहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनलाई हारियाणाको हिसार जिल्लास्थित हांसीबाट प्रहरीले पक्राउ हो । यद्यपि, औपचारिक जमानतमा उनलाई तत्कालै रिहा गरिएको थियो ।

सिंहले गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोप छ ।

हांसी प्रहरीका डीएसपी विनोद शंकरले सिंहलाई मुद्दाको जाँचमा सामेल गर्नका लागि पक्राउ गरिएको बताए । यसअघि पनि दुईपटक उनलाई जाँचमा सामेल गरिएको थियो । उनलार्य हाईकोर्टको निर्देशनमा धरौटीमा रिहा गरेको प्रहरीले बताएको छ ।

Advertisement

सन् २०२० मा भारत कोरोना महामारीका कारण लकडाउनमा थियो । यस दौरान खेलाडी भिडियो च्याटमा कुराकानी गर्थे । यही क्रममा युवराज सिंहले भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मासँग इन्सटाग्राम लाइभ च्याटमा कुराकानी गरिरहेका थिए । त्यतिबेला दुईबीच युजवेन्द्र चहलको बारेमा छलफल भएको थियो । यस दौरान सिंहले कथितरुपमा जातिसूचक शब्दको प्रयोग गरेका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले भनेका थिए, ‘यो (जातिसूचक शब्द) मानिसहरूको काम नै छैन । युजीलाई हे¥यौ कस्तो भिडियो हालेको छ ।’ त्यतिबेला चहलले टिकटकमा डान्स गरेको भिडियो अपलोड गरेका थिए ।

प्रहरीले यसबारे अनुसन्धान गर्न युवराजको मोबाइल जफत गरेको छ । आरोप पुष्टि भए सिंहमाथि ५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।