काठमाडौं । गएराति परेको पानीले मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो ।
मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त एक स्थानीयले जानकारी दिए ।
मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको हो ।
हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयले बताए । असार १ र साउन १६ मा आएको बाढीले सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर सडक सञ्चालनमा ल्याइएको थियो ।