काठमाडौं । उदयपुर, कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-१२ मसानघाट नजिक कोशी नदीको छेउमा जमेको पानीमा तिलाठि कोईलाडि गाउँपालिका-५ बनरझूल्ला बस्ने ५० वर्षीया रिता देवी साह शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङ, घोराही उपमहानगरपालिका-३ स्थित गोग्ली सोता खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, दशरथचन्द नगरपालिका-१० स्थित महाकाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा ६२ नम्बर चोकमा सोही ठाउँ बस्ने ४६ वर्षीय राम प्रसाद तिवारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २३ वर्षीय रमेश चौधरी सोही ठाउँस्थित खुटिया नदी नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
फाइल तस्बिर