June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका एक युवा मृत फेला

2K

सिरहा । सिरहामा दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका एक युवा इनारमा डुबेको अवस्थामा फेला परेका छन् । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार बिहान फेला परेका हुन् ।

उनी मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

स्रोतका अनुसार मेलामा राति दुई युवा समूहबीच विवाद भएको थियो । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ ।

Advertisement

शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।