सिन्धुली । दुधौली नगरपालिका-११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका-१ बस्ने २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको छ ।
नदीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
त्यसैगरी रुपन्देही, देवदह नगरपालिका-२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका-४ बस्ने ११ वर्षीय सानु लोधको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
फाइल तस्बिर