मकवानपुर । बसले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरको रातोमाटेमा २ जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको हो ।
शुक्रबार राति नारायणगढबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोडसमेत गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको थियो । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
फाइल तस्बिर