काठमाडौ । जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप आठ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार आठ सय ५ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १० हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ७ हजार २ सय ६४ जनाको पिसिआर परीक्षण र तीन हजार ४ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।
९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ ।
त्यस्तै काठमाडौं उपत्यकामा थप २ सय ९४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई सय ७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ संक्रमित थपिएका हुन् ।
नेपालमा हाल १५ हजार ९४२ जना सक्रिय संक्रमित छन् ।