May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

पूर्वयुवराज पारस शाहको सामान चोरेको आरोपमा एकजना पक्राउ

845

काठमाडौ । पूर्वयुवराज पारस शाहको पोखरा लेकसाइडस्थित बुलउँदीमा भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चोरीको आरोपमा काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ परेका छन् ।
शाहको निवासका कामदार रहेका उनले शाहको क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको प्रहरीले बताएको छ ।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएपछि काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

Advertisement

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको प्रहरीले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।