May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

इडिभी भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र पेश गर्ने व्यक्तिहरू पक्राउ

1.3K

EDV भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल स्थित अमेरिकन दुतावासमा U.S. Diversity Visa -EDV-२०२१ को नतिजामा नाम निकालेका तर भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरूले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको भन्ने अमेरिकी दुतावासको सुचनाको आधारमा भ्म्ख् भिषा प्रक्रियाका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाई पेश गर्ने कार्यमा संलग्न रहेका नबिन दराई र शिव रोक्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरू काठमाण्डौको महाराजगंजबाट पक्राउ परेका हुन् ।

अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये नबिन दराईसंग जीवन कार्कीले रु १,७०,०००।–( एक लाख सत्तरी हजार) लिई १०+२ को शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

Advertisement

नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेका जीवन कार्कीलाई काठमाण्डौको कंलकीबाट पक्राउ गरी लिखत सम्बन्धि कसुरको मुद्धामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको प्रहरीले जनाएको छ ।