November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चितुवाले एकैरातमा २२ वटा खसी-बाख्रा मार्‍यो, किसान मर्माहत

1.8K

बर्दिया : बर्दियामा आइतबार राति चितुवाले २२ वटा खसीबाख्रा मारेको छ। गुलरिया नगरपालिका–५ सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बाख्रा फर्ममा छिरेर चितुवाले खसीबाख्रा मारेको हो। पौडेलले सञ्‍चालन गरेको वृष पशुपक्षी तथा बाख्रा पालन फर्ममा राति चितुवा पसेर खसी तथा बाख्रा मारेको छ।

नजिकै रहेको सामुदायिक वनबाट चितुवा आएको हुनसक्ने स्थानीयले बताएका छन्। सामुदायिक वनमा रहेका चितुवा पटक-पटक सन्तोषी टोलमा पस्ने गरेको स्थानीयको भनाइ छ।

चितुवा खोरमा कसरी पस्यो र भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए। चितुवाले बाख्रा खाइदिँदा झण्डै ३ लाख बराबरको क्षति भएको जनाइएको छ।

Advertisement