July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

राजेश पायल राईको हातबाट क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण

3.7K

तेह्रथुम । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले लक्ष्मी गाउँका स्थायी बासिन्दा ६३ वर्षिय विष्णुकुमार सिङ्गकलाई आर्थिक सहयोग गरिएको छ ।

‘याक्थुङ सिङ्गक फाउन्डेसन’को पहलमा संकलन गरिएको ७ लाख ५ हजार सहयोग रकम गायक राजेश पायल राई, संचारकर्मी विश्व लिम्बु, नायिका रेखा फागो लगायतको हातबाट हस्तान्तरण गरिएको हो ।

६ महिना अघि उनलाई उपचार गर्न धरान स्थित वि.पि.मेमोरियल स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा लगिएको थियो भने प्रतिस्ठानले थप उपचारका लागि भक्तपुर क्यान्सर हस्पिटलमा रिफर गरेको थियो ।

Advertisement

कृषिमा निर्भर रहेका उनको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि सामाजिक संस्था ‘याक्थुङ सिङ्गक फाउन्डेसन’सँग सहयोगका लागि अपिल गरेका थिए । समाजमा परिआएको अप्ठ्याराहरूमा साथ दिने उद्देश्यले खोलिएको सामाजिक संस्था याक्थुङ सिङ्गक फाउन्डेसनले सहयोगी मनहरूसँग सहयोगको अपिल गरेपछि देश तथा विदेशमा रहेका सिङ्गक संस्थाहरू लगायत अन्य संघसंस्था, व्यक्ति , आफन्त साथीभाइहरू सबैले आर्थिक सहयोग गरेका थिए ।

उनका सहयोगार्थ अभियान सुरु गरिएको एक महिनाभित्र अभियान कोषमा जम्मा १० लाख १७ हजार सहयोग संकलन भएको ‘याक्थुङ सिङ्गक फाउन्डेसन’ले जनाएको छ ।

उक्त संकलन भएको रकमले विष्णुकुमारको ५ महिनादेखिको उपचार खर्च ,कोठा भाडा, खाद्यान्न, औषधी ,भिटामिन लगायत उनलाई आवश्यक चिज र घर तेह्रथुमसम्म पुग्ने खचै सबै गरी ७ लाख ५ हजार हुन आएको पनि ‘याक्थुङ सिङ्गक फाउन्डेसन’ले जनाएको छ ।

आफू ठीक भएको बताउँदै विष्णुकुमारले बाँकी रहेको ३ लाख १२ हजार आफू जस्तै उपचारमा खर्च अभाव भएका पीडित र समस्यामा परेकाहरुका सहयोगार्थ प्रयोग गर्ने बताउदै संस्थालाई हस्तान्तरण गरेका छ्न । विष्णुकुमारको उपचारबाट बँचेको ३ लाख १२ हजार अब यो अभियान कोषबाट याक्थुङ सिङ्गक फाउन्डेसनको खातामा जम्मा गरिने र भैपरिआएको अवस्थामा बुझेर पीडितहरुलाई सहयोग गर्ने संस्थाले बताए ।