February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भन्दै श्रीपेच निकाल्न खोज्ने पक्राउ

2.3K

काठमाडौ । नारायणहिटी दरबार संग्रहालयभित्र प्रवेश गरी ‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भन्दै श्रीपेच निकाल्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्ती रहेको छन् । उनी श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

हालै बहराइनबाट नेपाल फर्केका घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए । घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

Advertisement