January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

बेलायतमा कोरोना संक्रमितको सङ्ख्या बढ्यो, एकैदिनमा ३१ हजार सङ्क्रमित

1.7K

लण्डन । केहिहप्ता यता बेलायतमा कोभिड १९ संक्रमितको सङ्ख्या झन् बढ्न थालेको छ । पछिल्लो समाचार अनुसार मंगलबार मात्र ३१ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

बेलायतमा गएको २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । यो बेलायतमा केही दिनयताको सबैभन्दा धेरै सङ्क्रमितको संख्या हो । स्वास्थ्य अधिकारीहरूका अनुसार केही हप्तायता बेलायतमा ठूलो सङ्ख्यामा नयाँ सङ्क्रमितहरू थपिने क्रम जारी रहेको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार आजसम्म बेलायतका ंसंक्रमितहरूको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी सङ्क्रणबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र २०३ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।

Advertisement

लन्डनमा कोभिड १९ को अवस्था समयसमयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ ।

केही समयअघि बेलायतमा भाइरसका ंसंक्रमितहरू घटेपछि जनजीवनलाई सामान्य बनाइएतापनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ ।

बेलायतमा केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी ंसंक्रमित थपिने गरेका छन् ।