September 21, 2021, Tuesday
२०७८ आश्विन ५
1:37:26 pm

कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान

175

काठमाडौ । नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेको छ ।

विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको स्रोतले जनाएको छ । मंगलबार ८ जिल्लाको क्रियाशील नामावली समितिमा पुगेको हो ।

Advertisement

समितिले विवाद समाधान भएका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरेको छ । असोज ५ गते बाँकी २१ जिल्लामा अधिवेशन गर्ने तयारी छ ।

कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सकेको थिएन ।

मुख्यगरी शीर्ष नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता विवाद छ। विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिँदा विवाद देखिएका छन्।

कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको थियो। कांग्रेसको पालिका तहमा असोज ९ मा अधिवेशन छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।

कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।