काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ । आज (बुधबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पाँच महिनादेखि जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सकेसम्म विद्यालय खोल्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।
