April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

2.3K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ देखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् ।

Advertisement

अहिलेका सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा छन् ।