नेपाल मामिला संवाददाता ,
पाँचथर – पाँचथर जिल्लाको उत्तर पूर्वी याङ्वरक गाउँपालिकाका १ नम्बर वडा च्याङ्थापु र २ नम्बर वडा फलैंचास्थित स्वास्थ्यचौकीहरुलाई बिभिन्न दाताहरुको सहयोगमा च्याङ्थापु फलैंचा सरोकार समाज नेपालद्वारा करिब तीन लाख बराबरका बिभिन्न स्वास्थ्य सामग्रीहरु हालै एक कार्यक्रम गरी स्वास्थ्यचौकी च्याङ्थापुमा हस्तान्तरण गरिएको छ ।
च्याङ्थापु स्वास्थ्यचौकीको लागि एक थान सुत्केरी गराउने सुबिधायुक्त बेड, चेकजाँच तथा उपचारको समयमा बिरामी सुताउनको लागि डबल फोल्डिङवाला बेड चार सेट, एउटा ह्विलचेयर, छवटा पल्स अक्सिमिटर, पि.पि.ई. तीन सेट र दशवटा डिजिटल थर्मोमिटर त्यसैगरी फलैंचा स्वास्थ्यचौकीलाई एउटा ह्विलचेयर, तीनवटा पल्स अक्सिमिटर, पि.पि.ई. दुई सेट र पाँचवटा डिजिटल थर्मोमिटर हस्तान्तरण गरिएको जानकारी सँस्थाका अध्यक्ष शरद अधिकारीले दिनुभयो ।
अस्ति भाद्र ६ गते भएको हस्तान्तरण कार्यक्रमा बोल्दै स्वास्थ्यचौकी च्याङ्थापुका इन्चार्ज सिनियर अ.हे.व. डिल्लिरमण पाण्डेले बर्तमान अवस्थामा प्राप्त भएका सामग्रीहरुको सहयोगमा छिट्टै आइसोलेसन सेन्टर स्थापना गरी महामारीको समयमा च्याङ्थापु र फलैंचा क्षेत्रका जनताहरुको लागि सेवा संचालन गरिने बताउनुभयो ।
च्याङ्थापुका वार्ड अध्यक्ष मोहन ढुंगेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त हस्तान्तरण कार्यक्रमलाई सम्बोधनका क्रममा वार्ड अध्यक्षबाट आप्mनो जन्मथलोलाई माया गरिरहनु हुने समाजसेवी हरिलाल गुरुङ र धन बहादुर बेघाप्रति समस्त च्याङ्थापु फलैंचाबासी कृतज्ञ रहेको र आगामी दिनमा पनि यस्ता उदाहरणीय कार्यहरु गर्नको लागि अन्यत्र बसोबास गरिरहनु हुने सम्पूर्णप्रति अपिल गर्दै पुलको काम गरिरहेको सँस्था च्याङ्थापु फलैंचा सरोकार समाज नेपालप्रति यो क्षेत्रका जनताहरु ऋाभारी रहेको कुरा बताउनुभयो ।
सबैजसो राजनितिक दलका स्थानिय प्रमुख तथा प्रतिनिधिहरु, शिमा प्रहरी चौकी च्याङ्थापुका नि. इन्चार्ज, दुवै स्वास्थ्यचौकीका कर्मचारी तथा स्वास्थ्य स्वयमसेविकाहरु, स्थानिय समाजसेवीहरु, सँस्थाका सल्लाहकार र गाउँ सम्पर्क समितिका संयोजक सहित अन्य सदस्यहरु लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्नुहुने सबै बक्तााहरुले च्याङ्थापु फलैंचा सरोकार समाज नेपाल र आर्थिक तथा सामग्री सहयोगीदाताहरुलाई धन्यवाद प्रकट गर्नुभयो । औपचारिक कार्यक्रम पश्चात प्रमुख अतिथि सहित उपस्थित सम्पूर्ण महानुभाहरुबाट हस्तान्तरित सामग्रीहरुको अवलोकन समेत भएको थियो ।
कार्यक्रमलाई अन्त्य गर्ने क्रममा सँस्थाका अध्यक्ष शरद अधिकारीले सँस्थालाई विश्वास गरेर सहयोग गर्नुहुने दाताहरु हरिलाल गुरुङ, धन बहादुर बेघा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनप्रति आभार व्यक्त गर्नुका साथै सामग्रीहरु काठ्माण्डौदेखि च्याङ्थापुसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिदिनुहुने दिनेश भट्टराई तथा चन्द्रमणी पाण्डेलाई विशेष धन्यवाद दिनुभयो । च्याङ्थापु फलैंचा सरोकार समाज नेपाललाई यसरी सहयोग गर्ने अवसर दिएकोमा अध्यक्ष अधिकारीले दुवै स्वास्थ्यचौकी परिवारलाई धन्यवाद दिँदै हस्तान्तरित सामग्रीहरुले यस क्षेत्रका सेवाग्राहीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।