March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

नवलपरासी हुप्सेकोटमा पहिरोमा परी एकै घरका तीन जना बेपत्ता

4.3K

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएको पहिरोमा परेर हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् । हुप्सेकोट गाउँपालिका–४ का अध्यक्ष रोशन थापाका अनुसार बेपत्ता हुनेमा हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी छन् ।

हर्कबहादुर पुलामीको भने गम्भीर अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष थापाले बताए । सुरक्षाकर्मीको टोली अहिले घटनास्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको उनले बताएका छन् ।

पहिरोका कारण त्यही ठाउँका पदमबहादुर पुलामीको घरमा समेत क्षति पु¥याएको वडा अध्यक्ष थापाले बताए । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेका छन् । यस्तै शङ्खदेवमा समेत एक घरमा क्षति पुगेको छ । वडाका विभिन्न ठाउँमा पहिरोले सडकमा क्षति पुर्‍याएको वडा अध्यक्ष थापाले बताएका छन् ।

Advertisement

यसैगरी लेकाली युवा क्लबको फुटबल ग्राउण्ड समेत गिरुवारी खोलाले बगाएको छ । वडामा बाढीले खेतीयोग्य जमिन डुबानमा परेको उनले बताए । शङ्खदेव र नयाँ गाउँ जोड्ने पुलमा समेत बाढीले क्षति पुर्‍याएको वडा अध्यक्ष थापाले जानकारी दिएका छन् ।