काठमाडाैं । सर्वोच्च अदालतले न्याय क्षेत्रमा हुने अनियमितता भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
बुधबार सर्वाेच्च अदालतले बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूका सम्बन्धमा न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदन सार्वजनिक गरेको हाे ।
न्यायाधीश कार्की नेतृत्वको समितिले गत साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रतिवेदन बुझाएको थियो । त्यसको केही दिनमा सर्वोच्च अदालत प्रशासनले सबै न्यायाधीशहरुलाई अध्ययनका लागि भन्दै प्रतिवेदन उपलब्ध गराएको थियो ।
बुधबार बसेको सर्वोच्च अदालतको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
समितिले न्यायाधीशको सरुवा र काज, न्यायाधीशमाथिको कारबाहीमा असमानता, विचौलियाका कारण भ्रष्टाचार बढेको औल्याएको छ ।