May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

छोरा खोज्न निस्केका बाबुको भीरबाट लडेर मृत्यु

2.8K

पाँचथर– पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ । सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो ।

उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement