March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

6.6K

काठमाडौं– नेपालमा सक्रिय कोरोना सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४० हजार ३३८ पुगेको बताए ।

यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको संख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको संख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप तीन हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Advertisement

नेपालमा मृतकको संख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ । गोरखापत्र दैनिकबाट