March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

कोरोनाबाट एकै दिन ४२ को मृत्यु, ३,४०३ मा संक्रमण, २,१०४ जना निको

2.8K

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३,४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८३८ परीक्षण गर्दा ३,४०३ जना संक्रमित थपिएका हुन् ।

११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २,६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४,९९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने २,१०४ जना निको भएर फर्किएका छन् ।

Advertisement