January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

पहिरोले नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

3.7K

धादिङ– त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

mostbet

Advertisement