March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

आज कहाँ–कहाँ छ बाढीको जोखिम ?

1.5K

काठमाडौं- नेपालमा फेरि मनसुन सक्रिय बनेको छ । अबको एक सातासम्म मनसुन जारी रहने मौसमविदले बताएका छन् ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण मनसुन सक्रिय बनेको हो ।

आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । नारायणी र यसका सहायक नदीहरुमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ । कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरुमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई नदीमा पनि बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Advertisement

आज इलाम, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, नवलपुर, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, कञ्चनपुर, कैलाली, अछाम, डोटी, डडेलधुरा, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।