November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्ने तयारी

3.3K

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिए ।

“यस विषयमा हामी (तीन जिल्लाका सिडिओ) भोलि छलफलमा बस्छौँ,’ प्रजिअ पराजुलीले भने, ‘संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने कि भन्ने सोचिरहेका छौँ ।’

Advertisement

यसअघि घोषित निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ।

कुन कुन क्षेत्रमा कडाइ गर्ने भन्ने विषयमा चाहिँ अहिल्यै केही तय भइनसकेको, भोलि छलफलपछि मात्रै भन्ने सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।