September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

उखु किसानहरुले फेरि गरे आन्दोलनको घोषणा, रकम भुक्तानी गर्न अल्टिमेटम

395

काठमाडौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाएपछि फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विगतमा भएको सहमति पालना नभएको भन्दै सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।

Advertisement

संघर्ष समितिका अनुसार उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगाइएको उनीहरुको भनाई छ ।

समितिले भनेको छ, ‘उद्योग मन्त्रालय उद्योगीहरुको जायजथा विक्री गरेर भएपनि किसानहरुलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन नसक्नु सरकारको निरीहताको सीमा नाघेको छ,’ किसानहरुको भविष्यसँग खेलवाड गरिएको भन्दै उनीहरुले भने, ‘अव न्याय खोज्न कहाँ जाने ?’

उखु किसानहरुसँग सम्बन्धित अन्य समस्याको बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनि पनि नगरिएको समितिको भनाई छ ।

‘मन्त्रालयले हस्ताक्षर गर्न मौखिकरुपमा आहृवान गरेपनि विवादित भनिएको रकमवारै ठोस आधार नदिएकोले हामी हस्ताक्षर गर्ने छैनौं । नेपाल सरकार उद्योग मन्त्रालय र उखु किसातहरुवीच भएको सम्झौतावमोजिम ६५ करोड रुपैयाँ तुरुत्तै भुक्तानी गराइने भनियो,’ समितिले भनेको छ ।

किसानहरुलाई कमजोर, निमुखा सम्झेर फेरि पनि रकम नदिने षड्यन्त्र उद्योगी र सरकारबाट भएको भन्दै पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी समेत दिएको छ ।

‘कोरोना महामारीका कारण मानवताको ख्याल गर्दै न्यायिक संघर्षको कार्यक्रम अघि बढाउन सकिएन । काठमाडौंमा निपेधाज्ञा पनि जारी रहेको अवस्था छ,’ संघर्षरत किसानहरुले भनेका छन् ।