January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

गाई काटेको आरोपमा ६ जना पक्राउ

3K

संखुवासभा : संखुवासभाको मादी नगरपालिका– ९ मा गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गाई काटेको आरोपमा मादी–९ बाट ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। शुक्रबार मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेका ६ जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सुदिप लिम्बु, निखिल लिम्बु, मिलन गुरुङ, प्रेम बहादुर श्रेष्ठ, मन बहादुर लिम्बु र सुदिप दर्जी रहेका छन्। उनीहरु मादी –९ का स्थानीय हुन्। उनीहरुलाई गौवध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

Advertisement

गौवध सम्बन्धी मुद्दामा ३ वर्ष सम्म कैद हुने कानुनी ब्यवस्था रहेको प्रहरीले जनाएको छ।