July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

आज यी नदीमा छ बाढीको जोखिम (सूचनासहित)

335

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको जोखिम रहेको जानकारी दिएको छ ।

महाशाखाले बाढीबारे जानकारी गराउँदै आज देशका प्रमुख नदीहरु कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

यसैगरी महाशाखाले कर्णाली र महाकालीका केही स-साना सहायक नदीहरुमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै रहने जनाएको छ ।

महाशाखाले पानीको सतह सतर्कता तह भन्दा तलै रहने भए पनि नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

यस्तो छ सूचना