July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

175

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार २८ गते( सोमबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। 

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ।

२०७८ असार २९ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनि प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकि प्रदेशका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

२०७८ असार ३० गते( बुधबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको छ। प्रदेश १ का १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको छ

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित भारी भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।