July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

135

पर्वत– पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्।

गए रातिको वर्षापछि बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन्।  गाडीमा सवार अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। 

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन। अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। 

बाढीले तीन वटा घरसमेत बगाएको छ। खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिस भने भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ।