July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

पछिल्लो २४ घण्टामा थपिए २६३४ कोरोना संक्रमित, १५ को मृत्यु

220

काठमाडौं – कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २६३४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७५०३ पिसीआर र ५०८२ ऐन्टिजेन गरी १२५८५ नमुना परीक्षणमा २६३४ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा २९, ललितपुरमा १०५ र काठमाडौंमा ३६५गरी उपत्यकामा ४९९ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा सोमवारको तुलनामा मंगलवार संक्रमित हुनेको संख्या केही घटेको हो ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३५ लाख ९६ हजार ९०२ वटा नमुना परीक्षणमा ६ लाख ८७ हजार ९९५ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १५६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५६५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १५ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,२६३ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २५ हजार ८२५ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २२ हजार ९६९ र संस्थागत आइसोलेशनमा २,८५९ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५६७ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ । आइतबारको तुलनामा सोमबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही घटेको छ ।