July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १० जना घाइते

150

काठमाडौं- बैतडीको सिगास गाउँपालिका-३ लगनमा जीप दुर्घटना भएको छ।

दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास-३ का ६४ वर्षीय रामसिंह धामी, ४५ वर्षीय मानसिंह साउद र ४५ वर्षकै जयसिंह धामी रहेको बैतडीको डीएसपी रमेश पालले जानकारी दिए।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए।  जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ।