July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

मर्स्याङदी र बागमती नदीले सतर्कता तह पार गरे, सतर्क रहन आग्रह

210

काठमाडौं- देशको अधिकांश स्थानमा वर्षा जारी रहेसँगै नदीहरुमा जलसतह बढेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ।

तनहुँको बिमलनगरस्थित मर्स्याङदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहावको जोखिम रहेको जनाइएको छ। 

लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।