July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

आज देशभर थपिए कोरोनाका २२९९ संक्रमित, ३४ जनाको मृत्यु

220

काठमाडौं – कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२९९ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६५६६ पिसीआर र ४०३० ऐन्टिजेन गरी १०,५९६ नमुना परीक्षणमा २२९९ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३४, ललितपुरमा ७६ र काठमाडौंमा ३१६ गरी उपत्यकामा ४२६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ४२ हजार ०५३ जना र ऐन्टिजेन विधिबाट ३६ हजार ७५५ गरी कूल ६ लाख ९५ हजार ३३० जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३४५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३४५१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा अव ६ प्रतिशत मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,१७९ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल २९ हजार २७४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६ हजार ३३६ र संस्थागत आइसोलेशनमा २९३८ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६३२ र भेन्टिलेटरमा १८१ जनाको उपचार भइरहेको छ ।