July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

पछिल्लो २४ घण्टामा २२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

515

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका २,२९७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,५८३ पिसीआर र ४३२१ ऐन्टिजेन गरी १०,९०४ नमुना परीक्षणमा २२९७ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३३, ललितपुरमा ६१ र काठमाडौंमा २८५ गरी उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ ।

.नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी जम्मा ३४ लाख २२ हजार ७३२ नमुना परीक्षण गरिएकोमा ६ लाख ४९ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३१३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३१३० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८९.९ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,७७२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५३ हजार ९४० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५० हजार ३०४ जना र संस्थागत आइसोलेशनमा ३६३६ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ८११ र भेन्टिलेटरमा २३७ जनाको उपचार भइरहेको छ ।