August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

ज्वाला संग्रौलासहित तीनजना पक्राउ

1.3K

काठमाडौं । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको ।

पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतका अनुसार तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको छ ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग रहेको प्रहरीको भनाई छ । खुस्बुले गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा आफुमाथि ज्वालाको समूहले आक्रमण गरेको बताएकी छन् । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी हुन् ।

Advertisement

प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको हो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।