July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

तामाकोसी जलविद्युत आयोजनाको जलाशय खाली बनाइयो

700

काठमाडौं । बाढीको खतरा बढेपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आफ्नो जलाशय खाली गर्न थालेको छ । नेपाल तिब्बत सिमानाको तिब्बततर्फ भिषण बर्षा र पहिरोले गर्दा नदी थुनिएको कारण लामाबगर तिर बाढीको खतरा बढेको हो ।

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

कुनैपनि बेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी खाली गरिएको आयोजनाले जनाएको छ ।

अहिले पनि सिन्धुपाल्चोक तथा चीनको सीमा क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ । शुक्रबार रातिदेखि लगातार वर्षा हँुदा इन्द्रवति नदीमा पानीको घटेको छैन । आइतबार दिनभर परेको वर्र्षापछि आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ ।