July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

पछिल्लो २४ घण्टामा थपिए २७६८ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

330

 काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका २७६८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,५६९ पिसीआर र ५४६८ ऐन्टिजेन गरी १३ हजार ३७ नमुना परीक्षणमा २७६८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ५४, ललितपुरमा ६० र काठमाडौंमा ३४९ गरी उपत्यकामा आज ४६३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ३७६८ जनासँगै नेपालमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको सख्या ६ लाख १७ हजार ९४७ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४,८६१ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४०२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०२० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८९ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,६४१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५९ हजार ६२४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५५ हजार ३७५ जना र संस्थागत आइसोलेशनमा ४२४९ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ८७२ र भेन्टिलेटरमा २४६ जनाको उपचार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार पनि आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या कम भएको छ ।