July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

पूर्वी नवलपरासीमा बन्दै गरेको पक्की पुल बाढीले बगायो

245

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ ।  बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले टेलिफोनबाट दिए । उनका गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा पुल निर्माणाधीन छ ।

पुलको स्लाब (माथिल्लो भाग) ढलानको काम हुँदै गर्दा पुल बगाएको हो । अर्को महिना पुलबाट गाडी हिँडाउन मिल्थ्यो काम नसकिँदै बग्यो । पानीले पुलको दुबै पिल्लर हल्लाएर भासिएपछि पुलको माथिल्लो भाग (स्लाब) खोलामा खसेको हो ।