July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

कोरोना जोखिम रहेको भन्दै यूएईले लगायो नेपाललगायत मुलुकका यात्रीलाई प्रतिवन्ध

215

काठमाडौं– खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)ले असार २३ ( जुलाई ७) सम्म नेपाललगायत विभिन्न मुलुकका यात्रुको प्रवेशमा रोक लगाएको छ।

युएईले एसियामा नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंकालाई पनि प्रवेशमा रोक लगाएको छ।

यी देशमा  कोरोना भाइरसको जोखिम बढेको भन्दै युएईले यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ।