June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

75

 काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका ३,७५० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९५९८ पिसीआर र ५५८४ ऐन्टिजेन नमुना परीक्षणमा ३,७५० जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ५६, ललितपुरमा १६३ र काठमाडौंमा ९२१ गरी उपत्यकामा आज ११४० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७५० जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख ४३ हजार ९६ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८,७५५ जना संक्रमति भएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी ५२२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२२५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको यो दर ८६.२ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ६७ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,३०५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हाल देशैभरी ७५ हजार २६७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ५,५८९ जना र होम आइसोलेशनमा ६९,६८६ जना रहेका छन् ।

त्यस्तै देशैभरीका आइसीयुमा ११८९ जना र भेन्टिलेटरमा ३३६ जनाको उपचार भइरहेको छ ।