June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

संस्कृतिविद् सत्यमोहन जोशी बिरामी, किष्टमा उपचार हुँदै

155

काठमाडाैं । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन्। १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। जोशीलाई बुधबार अस्पताल लगिएको हो।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले सेतोपाटीलाई दिएको जानकारीअनुसार जोशीलाई निमोनिया देखिएको छ।

कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ। किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको छ।

‘हरेक महिना घरमै गएर उहाँको स्वास्थ्य परीक्षण गर्ने गरेका थियौं। यसपटक छातीमा समस्या देखिएकाले अस्पताल ल्याएका हौं,’ पाठकले भने, ‘अस्पतालमा भर्ना गरेर उहाँलाई क्याबिन डिलक्समा राखेर उपचार गरिएको छ।’