June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

फिदिमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ पुरुषको निधन

205

फिदिम – पछिल्लो २४ घण्टाको अन्तरालमा कोरोना संक्रमणबाट फिदिम नगरपालिकाका चार पुरुषको निधन भएको छ । शुक्रबार दुई जना पुरुषको निधन भएको हो भने दुई जनाको बिहिबार निधन भएको थियो ।

फिदिम ८ का ८१ बर्षीय बृद्ध र ५३ बर्षीय पुरुषको शुक्रबार निधन भएको हो । ८१ बर्षीय बुद्धको बिहिबार एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । पाँचथर अस्पतालमा उपचार गराईरहेका उनलाई शुक्रबार अस्पतालले मृत घोषणा गरेको हो ।

५३ बर्षीय पुरुषमा २४ गते कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्यमा जटिलता थपिएपछि थप उपचारका लागि झापाको बिर्तासीटी लगिएको थियो । शुक्रबार अस्पतालमै उलाई मृत घोषणा गरिएको बताईएको छ ।