April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु, ३७४९ संक्रमित

3.6K

 काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोनाका ३७४९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९९०१ पिसीआर र ५३३७ ऐन्टिजेन नमुना परीक्षणमा ३७४९ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ९९, ललितपुरमा १२५ र काठमाडौंमा ५४० गरी उपत्यकामा आज ७६४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७४९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १६ हजार ८७ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१,३३८ जना संक्रमति भएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी ५२९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२९३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको यो दर ८५.७ प्रतिशत रहेको छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५९ जनासँगै नेपालमा हालसम्म हालसम्म ज्यान गुमाउनेको संख्या ८,२३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हाल देशैभरी ७७ हजार ८५८ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ५,६८० जना र होम आइसोलेशनमा ७२,१७८ जना रहेका छन् ।

तयस्तै देशैभरीका आइसीयुमा १२६१ जना र भेन्टिलेटरमा २८२ जनाको उपचार भइरहेको छ ।