June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

देशभर १६८७ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (प्रदेशगत संख्यासहित)

105

काठमाडौं – देशभर हाल १ हजार ६ सय ८७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय १२ आईसीयू र ३७५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा २०२ आईसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२४ आईसीयू र २४७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आईसीयू र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३८ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आईसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५६४ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्। 

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १६ आईसीयू र ७ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आईसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आईसीयू र ६ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आईसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा २९ आईसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २६ जना आईसीयू र १९ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४९ आईसीयू र २६ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आईसीयू र १० भेन्टिलेटरमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा १३ जना आईसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आईसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २० जना आइसोेलेसनमा छन्। 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आईसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५७ आईसीयू र २५ भेन्टिलेटरमा, स्टार अस्पतालमा ४ आईसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा २ आईसीयू, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १३ आईसीयू र ३ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ८ आईसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १२ आईसीयू र ४ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ३ आइसीयु र ३ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५९ आईसीयू र ५ भेन्टिलेटरमा छन्।