–शरद अधिकारी
पाँचथर – नेपाललाई राम्रो बनाउन ठूलो मेहनत र खर्चको जरुरत पर्दैन, यो आपैंmमा आकर्षक छ । यो सुन हो यसलाई कस्तो गहना बनाएर प्रयोग गर्ने भन्ने मात्र योजना गरेर उपभोग गर्दा आत्मसन्तुष्टि प्राप्त हुने कुरा हामी सबैलाई थाहा भएकै हो तर हामी “भएको बिताएर नभएको चिताउ“छौ“” यही नै हाम्रो कमजोरी हो ।
यहा“ यस्तै किसिमको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सा“स्कृतिक एबम् पर्यटकिय महत्व बोकेर ओझेलमा रहेको स्थललाई पुनर्जीवन दिने उद्देश्यले धार्मिक वन तथा बिभिन्न महानुभावहरुको जिम्मामा रहेको जग्गा परियोजनाको नाममा सम्झौता गरी इक्साहाङ इक्मिसो बेघा थोबोजुम काठ्माण्डौको अवधारणा र दृष्टिकोणमा पा“चथर जिल्लाको याङ्वरक–१ च्याङ्थापु र २ फलैंचामा अवस्थित साङगाङ डा“डा परिसरमा लगभग छ करोडको इस्टिमेट लागतमा ४९ रोपनी क्षेत्रफल ओगटेको बृहत साङगाङ परियोजनाको गुरुयोजना तयार गरी हाल निर्माणको काम आरम्भ भएको छ ।
प्रस्तावित गुरुयोजना अनुसार यस परियोजनालाई दुई भागमा वर्गिकरण गरी ४० रोपनी क्षेत्रभित्र रहेका बिभिन्न मठ मन्दिर र ऐतिहासिक तथा पुरातात्विक बस्तुहरुलाई जिर्णोद्धार एबम् संरक्षण गर्ने, पोखरीलाई पुनर्जीवन दिने, पदमार्ग निर्माण गर्ने, भ्यू टावर निर्माण गर्ने लगायतका काम रहेका छन् भने बा“की ९ रोपनी क्षेत्रमा बेघाहरुको संग्रहालय भवन, पर्यटक आवास गृह, सभा हल तथा कार्यालय प्रयोजनको लागि भवन, किरा“त मन्दिर, सालिक स्थापना, गाडी पार्किङ, बगैंचा लगायतका संरचना निर्माण हुनेछन् ।
वि.सं. १९८४ मा सोह्रौं राष्ट्रिय बिभूति तथा समाज सुधारक महाुगुरु फाल्गुनन्द लिङ्देन आएर पूजा अनुस्ठान गरेको तथा १९९० देखि २००० सालसम्म साधु बसेर केही संरचना निर्माण गरेको इतिहास छ । बिगतमा त्यहा“ दुइवटा पोखरीहरु रहेका र लिम्बुहरुले धार्मिक कार्य गर्नुअघि तिनै पोखरीमा गएर चोखो हुने धार्मिक कथन पनि रहेको छ । यति मात्र होइन यो ठाउ“ भौगोलिक हिसाबले पनि त्यतिकै आकर्षक देखिन्छ । ताप्लेजुङ जिल्लामा रहेको प्रशिद्ध धार्मिक स्थल पाथिभरा पुग्न नसक्ने धर्मावलम्बीहरु यही“को पाथिभरा मन्दिरमा आई पूजापाठ गर्ने चलन रहिआएको छ । पोखरीको छेउमा रहेको शिंहदेवी मन्दिर, धर्मद्वार, हवनस्थल, साधुकुवा, बज्ने ढुंगा, शिलालेख जस्ता धार्मिक तथा ऐतिहासिक एबम् पुरातात्विक बस्तुहरु संरक्षण तथा जिर्णोद्धारको पर्खाइमा रहेको लामो समय पछि गत वर्षदेखि तदारुकताका साथ निर्माण कार्य भइरहेको छ ।
सिक्किमको सिमानादेखि १५∕१६ किलोमिटरको दुरीमा रहेको यो परियोजना स्थल हु“दै तिम्बु पोखरी जान सकिने भएकोले पनि यो क्षेत्र पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिन्छ । सिक्किम सरकारले पनि नेपालको सिमाना चियाभञ्ज्याङसम्म मोटरबाटो निर्माण गरिसकेको हु“दा उताबाट नेपाल घुम्न तथा पाथिभराको दर्शन गर्न आउने दर्शनार्थीहरु यही बाटो भएर आउ“दा छोटो पर्ने हुनाले यो परियोजना सम्पन्न भएपश्चात यस ठाउ“को महत्व अझ बढेर जाने कुरामा दुई मत नहोला । पुष्पलाल मध्यपहाडी लोकमार्गले यही ठाउ“लाई छोएर जानु पनि साङगाङ डा“डा क्षेत्रको महत्वलाई थप टेवा दिएको छ । झापाको बिर्तामोडदेखि एक दिनको सवारी साधनको यात्रामा पुग्न सकिने पा“चथर जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पर्ने सिमावर्ती च्याङ्थापु बजारको नजिकमा बन्न लागेको यस बृहत परियोजनामा सहभागिताको लागि योगदानकर्ताहरुको वर्गीकरण गरी अलग अलग किसिमको सम्मान गर्ने योजना समितिले जारी गरेको अपिल पत्रमा सार्वजानिक गरिसकेको हु“दा आप्mनो इच्छा अनुसार लगानि गरी इतिहास निर्माण गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछ ।
गुरुयोजना तय गरिए बमोजिमका योजनाहरुमा पूर्ण रुपमा सुक्खा रहेका भाले र पोथी पोखरीहरुमा पच्चिस सय मिटर टाढाबाट पानी ल्याएर पोखरी भर्ने र पैदल मार्ग निर्माणको काम भइरहेको छ भने अन्य संरचना निर्माणको लागि जमिन सम्याउने काम सम्पन्न भइसकेको छ । ठूलो योजना भएकोले पूर्ण रुपमा सम्पन्न गर्न त समय लाग्ला तर आह्वान गरिए अनुसार इच्छुक दाताहरुबाट र अन्य श्रोतबाट आर्थिक उपलब्धता हु“दै गएमा परियोजना यही गतिमा अगाडि बढिरहनेछ र चा“डै नै यस क्षेत्रको मुहार परिबर्तन हुने विश्वास हामीले लिएका छौ“ ।
(लेखक यस परियोजना समितिका कोषाध्यक्ष हुनुहुन्छ)